Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • बैदेशिक रोजगार कार्यालय काठमाडौंमा पाइलैपिच्छे घुस, सेटिङ गर्नेलाई सचिवकै साथ 


    बुधबार, मंसिर २८ २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलमा घुसखोरीले सीमा नाघेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालकै संरक्षणमा घुसखोरी मौलाउन पुगेको हो । 

    काठमाडौं कार्यालय ताहाचलमा भएको खुलेआम घुस लेनदेनमा संलग्न बिषयमा उपसचिव बसन्तबहादुर बोहरासहितका कर्मचारीमाथि विभागीय कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतकर्ता केन्द्रले श्रम मन्त्रालयका सचिव अर्याललाई पत्र पठाए पनि उनले चासो नदिनुले अनियमिततामा उनी समेत संलग्न भएको कुरालाई पुष्टि गर्दछ, एक म्यानपावर ब्यवसायीले भने–‘अनलाइन सिष्टम लागू भएपछि झन् बैदेशिक रोजगार कार्यालय ताहाचलमा अनियमितता बढेको छ ।

    अनलाइनमै पूर्वस्वीकृति लगायतका काम हुने र कर्मचारीका निकटस्थहरुको बैंक खातामा ब्यवसायीले दररेट अनुसार मोवाइलबाट पैसा ट्रान्सफर गरेपछि मात्र अप्रुभल हुने गरेको छ ।’ उपसचिव बोहराले खुलेआम ब्यवसायीसँग घुस असुली गर्ने गुनासो आउँदा पनि सचिव अर्यालले उनलाई संरक्षण गरेको आरोप छ । 

    काठमाडौं कार्यालयमा पाइलैपिच्छे हुने गरेको घुस लेनदेन देखेपछि कार्यालय प्रमुख सुशीला अर्याल कुनै पनि बेला फस्न सक्ने त्रासले केही दिनअघि श्रम मन्त्रालयमा हाजिर भएकी छन् । अर्याल सरुवा भएपछि उपसचिव बसन्तबहादुर बोहराको नेतृत्वमा उक्त कार्यालयमा हरेक शाखामा घुस लेनदेन विना काम नै हुन छाडेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा कार्यरत रहँदै सरुवामा लेनदेन गरेकोमा विवादमा परेका बोहरा दैनिक लाख भन्दा बढी घुस खानकै लागि बैदेशिक रोजगार कार्यालय ताहाचल पुगेका हुन् । सचिव अर्यालको संरक्षणमा बोहराको नेतृत्वमा काठमाडौं कार्यालयमा दैनिक ५ लाख भन्दा बढी घुस संकलन हुने र त्यसको भागशान्ति हुने गरेको छ । 

    बोहराको टोलीलाई मन्त्रालयका सचिव अर्याल, बैदेशिक रोजगार विभाग बुद्धनगरका कर्मचारी प्रशासनका उपसचिव कृष्ण भुसालले मन्त्रालयका सचिव अर्यालसँग सेटिङ मिलाएर ताहाचल कार्यालयमा कर्मचारी खटाउँदा दररेट तोकेर लिने गरेको आरोप छ । र, उनले ताहाचलबाट हप्तासमेत उठाउँदै सचिवसम्म पुर्याउने  गरेका छन् । खनाललाई बैदेशिक रोजगार विभागका रैथाने अधिकृत प्रदीप ढकालले समेत साथ दिने गरेका छन् । खनाल र ढकालले सचिव अर्यालसँग सेटिङ गर्ने गरेकोबारेमा मन्त्रालयदेखि ताहाचलसम्म सबैलाई थाहा छ ।

     ढकाल बैदेशिक रोजगार विभाग र र काठमाडौंमा १२ बर्षदेखि कार्यरत छन् । कम्प्युटर अप्रेटरमा ५ बर्ष काठमाडौं कार्यालयमा बसी करोडौं सम्पत्ति आर्जन गरेका उनी बढुवा भएपछि २०७४–०७५ मा करिब २ बर्ष मुगु जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअ भएर बसे । २०७५ देखि उनी पुनः बैदेशिक रोजगार विभाग बुद्धनगर र कहिले ताहाचलमा कार्यरत छन् । उनी बैदेशिक रोजगार विभागका रैथाने र बीसौं करोड अकूत सम्पत्ति घुसबाट आर्जन गर्ने अधिकृतका रुपमा ढकाल चिनिन्छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले टोले गुण्डाको सम्पत्ति छानबिन गरे पनि ढकालजस्ता घुसबाटै अथाह सम्पत्ति आर्जन गर्नेकोबारेमा चासो नै नदिने गरेको गुनासो छ । ताहाचलमा संकलन हुने दैनिक ५ लाख भन्दा बढी घुसको भागबण्डाको चाँजोपाँजो मिलाउने र सचिव अर्यालसम्म पु¥याउने काम खनाल र ढकालले गर्दैआएका छन् । 

    बैदेशिक रोजगार कार्यालय काठमाडौंमा उपसचिव बसन्तबहादुर बोहराको नेतृत्वमा घुस संकलन हुने गरेको छ । जसमा अर्का उपसचिव छत्रप्रसाद शाह पनि छन् । उनी तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आलेको सचिवालयमा कार्यरत थिए । आले मन्त्रीबाट बिदा भएपछि शाह नेकपा एकीकृत समाजवादीको निकट भएको भन्दै बैदेशिक रोजगार कार्यालय ताहाचलमा सरुवा भएका हुन् । 

    त्यसैगरी, बैदेशिक रोजगार कार्यालयको स्टोरकिपर भए पनि दिनभर ताहाचलमा गएर सेटिङ गर्नेमा नासु जनक बटालाको नाम पनि अग्रपंक्तिमा आउँछ । उनी बिहान बेलुका बिभागमा आउने र दिनभर ताहाचलमै म्यानपावर ब्यवसायीदेखि ब्यक्तिगत भिसामा विदेश जानेहरुसँग घुस संकलनमा ब्यस्त रहने गरेको आरोप छ । उपसचिव बोहराको नेतृत्वमा घुस संकलनमा परिचालित नासुहरु रामप्रसाद पोखरेल र कम्प्युटर अप्रेटर शिवलाल भुसाल, मनिष शर्मा लगायत हुन् । मनिष शर्मा त ७ बर्षदेखि ताहाचल, विभाग र मन्त्रालय गर्दै घुमिफिरी रुम्जाटार गर्ने करोडौंपति सुब्बा हुन् । ४ बर्षअघि वनभोजमा बबाल गर्ने नासु पोखरेललाई तत्कालीन श्रम मन्त्री गोकर्ण बिष्टले सरुवा गरिदिदिएका थिए । तर महिनामा लाखौं घुस लिन पल्किएका उनी पुनः काठमाडौं कार्यालयमा नै पुगेको पनि बर्ष नाघिसकेको छ ।

     उपसचिव बोहरादेखि यी बैदेशिक रोजगारमा अकूत आर्जन गर्ने डनहरुलाई मन्त्रालयका सचिव अर्यालले नै संरक्षण गर्दैआएका छन् । आवरणमा सचिव अर्याल बडो इमान्दार बन्न खोजे पनि अख्तियार र सतर्कताले कारबाही गर्न निर्देशन दिंदा पनि ढाकछोप गर्न उद्यत हुनुले उनको मिलेमतो रहेको देखाउँछ । श्रम मन्त्री शेरबहादुर कुँवरको सोझोपनको लाभ सचिव अर्याल र प्रशासनका उपसचिव लामिछानेले लिएका छन् । मन्त्रीका स्वकीय सचिव विनोद धामीले भने मन्त्री कुँवरको नाममा ताहाचलका उपसचिव बोहरा र शाहबाट लाभ लिदैआएको समाचार छ । 
    बैदेशिक रोजगार कार्यालय काठमाडौं कार्यालयमा म्यानपावर ब्यवसायीदेखि ब्यक्तिगत रुपमा विदेश जान चाहनेहरुले घुस नदिएसम्म कुनै पनि फाइल वरको परसम्म हुँदैन । गेटबाट भित्र जान समेत घुस बुझाउनुपर्ने बाध्यतामा सेवाग्राहीहरु छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार