Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • काभ्रे बस दुर्घटना: प्रचण्डले गरे घाइतेको निःशुल्क उपचार गर्न माग


    बुधबार, मंसिर २८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेको बेथानचोकमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै उनले घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा हिजो मंगलबार साँझ भएको बस दुर्घटनाको खबरले मर्माहत भएको भन्दै प्रचण्डले उनले उक्त बस दुर्घटनाको कारण पत्ता लगाउन र बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह पनि गरेका छन् ।

    आज शोक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु । दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार