Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • रेशम चौधरी छुटाउन अध्यादेश नल्याउन गगन थापादेखि रवि लामिछानेको खबरदारी


    सोमबार, मंसिर २६ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सात बर्षअघि कैलालीको टीकापुरमा थरुहट आन्दोलनको नाममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको हत्या अभियोगमा जेल संजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याउने तयारी गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाकै पार्टीभित्र बिरोध भएको छ । २०७२ भदौ ७ मा थरुहट आन्दोलनकारीको आक्रमणमा एसएसपी न्यौपानेसहित टीकापुरमा २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको थियो ।

    नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले टीकापुरको घटना अपराधिक भएकाले क्षमा गर्न नसकिने धारणा सामाजिक संजालमा प्रकट गरेका छन् । महामन्त्री गगन थापा लेख्छन्–‘क्षमा गर्नुहोला, राजनीतिक, अपराधिकरण र गैरन्यायिक हत्या दुवैसँग असहमत छु ।’

    अर्का महामन्त्री शर्माले लेखेका छन्–टीकापुर प्रकरण अपराधिक घटना हो । यो वा त्यो नाममा क्षमा गर्ने प्रक्रिया अगाडि बढाइन्छ भने खुलेआम असहमति ! नेतृत्वलाई भेटेर पनि असहमति !!

    त्यसैगरी, नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समेत चौधरीलाई जेलमुक्त गर्नका लागि ल्याउन लागिएको अध्यादेशको बिरोध गरेका छन् । उनले नयाँ जनादेशको मर्म मिचेर ल्याउन लागिएको अध्यादेश निर्लज्जताको पराकाष्टा भएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्–‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपतकाल लागेको थियो र १–२ हप्ता पनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्टा हो । यो तत्काल फिर्ता हुनपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार