धनगढी । राष्ट्रबैंकको निर्देशन विपरीत नाफामा केन्द्रित भएर कम्पनी चलाई सर्वसाधारणको सम्पति हड्प्ने गरेको भन्दै धनगढीमा लघुवित्तीय संस्था खारेजीको मागसहित प्रदर्शन गरिएको छ ।
राष्ट्र बैंकको निर्देशीका अनुसार लघुवित्तिय संस्थाले वित्तीय साक्षरता सञ्चालन गर्ने, व्यवसायीक तालिम सञ्चालन गर्ने र व्यवसायीक विमा गर्ने उललेख रहेकोमा लघु वित्तिय संस्थाहरुले नाफामुलक क्षेत्रमा ऋण लागी गरेर चार्को व्याज मात्रै असुल्ने गरेको भन्दै आन्दोलन गरिएको हो ।
लघुवित्तीय संस्था बिरुद्धको संघर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञावालीले व्यक्ति केन्द्रित भएर लघुवित्तीय संस्थाले ऋण लगानी गरी चोर्का व्याज असुल्ने गरेको बताए ।
‘निर्देशीकाको उल्लङ्घन गर्दै लघुवित्तिय संस्थाहरुले चर्को व्याजमा ऋण लगाउने र एउटा किस्ता तिर्न नसके सम्पति हडप्ने गरेका छन्,’ अध्यक्ष ज्ञावालीले भने, ‘जस्का कारण नेपालमा हजारौं महिलाले अत्महत्या गरिसकेका छन्, यस्ता संस्था खारेज हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।’
उनले एटा किस्ता तिर्न नसकेको खण्डमा चक्रवति ब्याज लगाएर ऋणिलाई आत्महत्या गर्न बाध्य बनाउने गरेको बताए । ‘एउटा किस्तामात्रै छुटेमा चक्रवति ब्याव लगाउने र ऋणिलाई मानसिक रोगि बनाउने काम लघुवित्तीय संस्थाहरुले गरेरहेका छन्,’ उनले भने, ‘किस्ता नतिरे घरमा भएको जायजेथा, कुखुरा, गाई भैसी समेत तानेर लग्ने गरेका छन्, यो नागरिकको बाँचनपाउने अधिकारविरुद्ध हो, त्यसैले लघुवित्तीय संस्था बन्द नगरिए सम्म हाम्रो आन्दोलन जारी रहने छ ।’
विगत १० महिनादेखि लघुवित्तिय संस्थाबाट समस्यामा परेका नागरिकले संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । अध्यक्ष ज्ञावालीका अनुसार यसबीचमा नेपाल सरकार अर्थ मन्त्रालयका सचिवसँग एक पटक र राष्ट्रबैंकका गभर्नर संग दुई पटक छलफल भए पनि उनिहरुले सामान्य सुधारका विषय बाहेक आर्थिक शोषणमा परेका नागरिकका बारेमा छलफल गर्न मानेका छैनन् ।
लघुवित्तीय संस्थाको दादागिरीका कारण कैलालीमा मात्रै १२ जना र सुदूरपश्चिम प्रदेश भरमा तीन सय जना भन्दा बढी महिलाले आत्महत्या गर्नुपरेको संघर्ष समितिका सुदूरपश्चिम प्रदेश अध्यक्ष मणि चौलागाईले बताए ।
‘अहिले लघुवित्तीय संस्थाको मानिस घरमा आउन लागेको देखिएमा घर छोडेर भोग्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘कम्पनीलाई फाइदा हुने र नागरिक घरबारविहीन हुने कुराको हामीले विरोध गराका हौं, यो मुद्दा सुनुवाइ हुनुर्छ ।’
संघर्ष समितिले काठमाण्डौं, चितवन, बुटलहुँदै कैलालीको फुलवारी चौमाला, घोडाघोडीमा कार्यक्रम गरेर आइतबार धनगढीमा विरोध र्यालीसहति कोणसभा गरेको हो ।
प्रदेश अध्यक्ष चौलागाईका अनुसार लघुवित्तीय संस्थाका कारण सुदूरपश्चिममा ६ सय जना घरबारविहीन भएका छन् । मोहन जोशी/न्युज कारखाना