काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई नेतृत्वमा स्थापित गर्ने नेता डा.प्रकाशचन्द्र लोहनीलाई समानुपातिकमा सांसद बनाएनन् । राप्रपाले शनिबार निर्वाचन आयोगमा पठाएको सूचीमा लोहनी पर्न सकेनन् ।
राप्रपाको २०७८ मंसिरमा भएको एकता महाधिवेशनमा लिङ्देनलाई अध्यक्ष बनाउन लाग्ने पुराना नेतामा डा. लोहनीमात्रै थिए । तर लिङ्देनले समानुपातिक सांसद छान्दा पशुपतिशमशेर जबरा र बुद्धिमान तामाङलाई रोजेका छन् । सुरुदेखि आफूलाई साथ दिएका लोहनीलाई सांसद नबनाएर लिङ्देनले कृतघ्न ब्यवहार गरेको आरोप लोहनीका समर्थकहरुको छ । डा . लोहनीको जीवनको उत्तराद्र्धमा सांसद बन्ने चाहनामा कुठाराघात भएको छ ।
पशुपतिशमशेरले महाधिवेशनमा कमल थापालाई सहयोग गरेका थिए । उनले महाधिवेशनको पूर्वसन्ध्याामा थापालाई सहयोग गर्न हस्तलिखित विज्ञप्ति नै जारी गरेका थिए । जुन विज्ञप्तिलाई राजेन्द्र लिङ्देन पक्षले सामाजिक संजालदेखि महाधिवेशनस्थलसम्म ब्यापक बनाएको थियो । लिङ्देनले सांसद बनाएका बुद्धिमान तामाङ पनि कमल थापाको समूहका कमाण्डर थिए । उनले कमल थापाकै समूहबाट उपाध्यक्ष जितेका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend