Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाकालीमा भारतले निर्माण गरेको एकतर्फी तट्बन्धन हटाउने मौखिक सहमति


    बिहिबार, मंसिर २२ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • धनगढी । महाकाली नदीमा भारतले निर्माण गरेको तट्बन्धनका कारण नेपालतर्फ नदीको धार सोझिएको भन्दै बिरोध भएपछि भारतले नदीको धार मोडिएको स्थानको तट्बन्धन हटाउने सहमति जनाएको छ ।

    बुधबार भारतको धार्चुलामा दुई देशका सुरक्षा अभिकारीबीच भएको छलफल पछि भारतले निर्माण गरेको तट्बन्धनका कारण नदीको धार नेपालतर्फ मोडिएको स्थानमा तट्बन्धन हटाउने मौखिक सहमति भएको हो । छलफलमा नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र भारतका तर्फबाट पिथौरागढकी डिएम (डिष्ट्रिक्ट मजिष्टेट) रिमा जोशी सहभागी रहेका थिए ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार भारतले निर्माण गरेको तट्बन्धन र केही स्थामा ढुंगा माटो जम्मा भई महाँकाली नदीको धार दार्चुलातर्फ मोडिएको छ । सो क्षत्रको ढुंगा माटो तथा समस्या भएको स्थानको तट्बन्धन हटाउन भारतीय अधिकारीले मौखिक सहमति दिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

    ‘१० दिनभित्र नदीको धार मोडिएका क्षेत्रमा धार सिधा गर्नेगरी संरचना हटाउन भारतीय पक्ष सहमत भएका छन्,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘भारतले धार फर्काउने गरी आफ्नो क्षेत्रको संरचना पञ्चाएपछि फेरि थप छलफल गरिने छ ।’ छलफमा कुनै लिखित सहमति भने नभएको उनले बताए ।

    ‘स्थानीयले नेतालफर्त महाकाली नदीको धार मोडिने गरी निर्माण थालिएको तट्बन्धन गर्ने कार्य रोक्नुपर्छ भन्ने माग राख्दै आन्दोलन गरेका थिए,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘हामीले भने अनुसार काम गर्न भारतीय पक्ष सहमत भएपछि लिखित गर्नुपर्छ भन्ने लागेन, आवश्यक परे पछि सोही विषलाई लिखित दस्तावेज पनि बनाउन सकिन्छ ।’

    छलफलमा विवादित भएका स्थानमा तत्काल काम नगर्ने सहमति समेत भएको उपाध्यायले बताए । भारतले एकतर्फी ट्बन्धन निर्माण गरी महाँकाली नदीको धार नेपालतर्फ फर्काएको भन्दै आइतबार दार्चुलाका स्थानीयले भारतको विरोध गरेका थिए । 

    स्थानीयको विरोधका कारण देशभर भारतीय पक्षसंग वार्ता गर्नुपर्ने आवाज उठेपछि मंगलबार नेपाल सरकारले भारतीय परराष्ट्र मन्त्रालयलाई कुटनितिक नोट पठाएको थियो ।  मोहन जोशी÷न्युज कारखाना

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार