बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदान/मतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।
बाणिज्य क्याम्पसको बुथ ज र बुटवल १२ को चारवटा बुथमा पुनः मतगणना र मतदानको माग गरेका हुन् । उनले बिष्णु पौडेलको सपथ रोक्न र संसद जानसमेत नदिन माग गर्दै रिट दायर गरेको बताए । मतदान र मतगणनाको क्रममा धाँधली भएको उनको दाबी छ ।
‘मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणना सहित पुनः मतदानको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको छु,’ उनले भने, ‘आशा गरौं अदालतले निष्पक्ष न्याय दिलाई जनताको अभिमत माथि भएको प्रहारलाई गलत साबित गर्ने छ ।’
मंसिर ४ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो । चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग एक हजार ३६६ मतले गणेश पौडेल पराजित भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend