Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखा एमालेमा मनमुटाव सुरु, जिल्ला सचिव थोकरले दिए राजीनामा


    सोमबार, मंसिर १९ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । दोलखा एमालेका जिल्ला सचिव हिराकुमार थोकरले राजीनामा दिएका छन् । प्रतिनिधिसभामा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा घोषणा गरेका छन् । सामाजिक संजाल फेसबुकबाटै उनले सोमबार बिहान राजीनामा गरेका हुन् ।

    थोकर मेलुङ गाउँपालिका अध्यक्ष समेत हुन् । उनको वडामा कम मत आएपछि फेसबुकमा राजीनामा मागिएको थियो ।

    दोलखाबाट प्रतिनिधिसभामा एमालेका बालकृष्ण शिवाकोटी पराजीत भएपछि उनका समर्थकहरुले एमालेका नेताहरु आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङलाई दोषी देखाउँदै गालीगलौज गर्न थालेका छन् ।

    दोलखाका एमाले कार्यकर्ता सुजन शिवाकोटीले पूर्वमन्त्रीद्वय पोखरेल र गुरुङका कारण दोलखामा एमाले पराजित भएको आक्रोशयुक्त टिप्पणी फेसबुकमा राखेका छन् । उनले पोखरेल र गुरुङतर्फ संकेत गर्दै लेखेका छन्–चुनाव फेरि पनि आउँछ, ठेक्का लिने नेताहरुलाई चिनौं । 

    १ नम्बर प्रदेशमा घर भएका पोखरेल र गुरुङले धोका दिएका कारण एमाले हारेको आक्रोस शिवाकोटीको छ ।

    Screenshot (148).jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार