काठमाडौं । दोलखा एमालेका जिल्ला सचिव हिराकुमार थोकरले राजीनामा दिएका छन् । प्रतिनिधिसभामा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा घोषणा गरेका छन् । सामाजिक संजाल फेसबुकबाटै उनले सोमबार बिहान राजीनामा गरेका हुन् ।
थोकर मेलुङ गाउँपालिका अध्यक्ष समेत हुन् । उनको वडामा कम मत आएपछि फेसबुकमा राजीनामा मागिएको थियो ।
दोलखाबाट प्रतिनिधिसभामा एमालेका बालकृष्ण शिवाकोटी पराजीत भएपछि उनका समर्थकहरुले एमालेका नेताहरु आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङलाई दोषी देखाउँदै गालीगलौज गर्न थालेका छन् ।
दोलखाका एमाले कार्यकर्ता सुजन शिवाकोटीले पूर्वमन्त्रीद्वय पोखरेल र गुरुङका कारण दोलखामा एमाले पराजित भएको आक्रोशयुक्त टिप्पणी फेसबुकमा राखेका छन् । उनले पोखरेल र गुरुङतर्फ संकेत गर्दै लेखेका छन्–चुनाव फेरि पनि आउँछ, ठेक्का लिने नेताहरुलाई चिनौं ।
१ नम्बर प्रदेशमा घर भएका पोखरेल र गुरुङले धोका दिएका कारण एमाले हारेको आक्रोस शिवाकोटीको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend