Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • विश्व इतिहासमा आजः यस्ता छन् स्मरणीय घटना


    सोमबार, मंसिर १९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • आज ५ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाक्रम
     
    –सन् १९७७ मा इजिप्टले सम्पूर्ण अरब देशहरुसँग आफ्नो सम्बन्ध तोडेको घोषणा गरेको थियो । तत्कालिन राष्ट्रपति अनवर अल सदतले सिरिया, लिबिया, अल्जेरिया र दक्षिण यमनसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए । ती देशहरुको इजिप्टप्रतिको एक्यबद्धताविरुद्ध तथा प्यालेस्टाइन स्वतन्त्र संगठनले त्रिपोली घोषणापत्रमा हस्तक्षर गरेपछि अनवरले सम्बन्ध तोडेका थिए । सो घोषणापछि अनवरले इजरायलको भ्रमण गरेका थिए ।
     
    –सन् १९३६ मा क्रिगिज सोभियत समाजवादी गणतन्त्रको स्थापना भएको थियो ।
     
    –अमेरिकामा लामो समयसम्म मदिरामाथि प्रतिबन्ध लगाइएको थियो । सन् १९२० मा मदिरामाथि लगाइएको प्रतिबन्ध संविधानको २१ औं संशोधनमार्फत सन् १९३३ मा अन्त्य गरिएको थियो ।
     
    –सन् २००५ मा बेलायतको नागरिक साझेधार ऐन २००४ कार्यान्वयनमा आएको थियो । संसदबाट पारित भएको एक वर्षपछि यो कार्यान्वयनमा आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार