Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्तर्घाती खोज्दै कांग्रेसः सूची तयार गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन


    आइतबार, मंसिर १८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • xकाठमाडौं । नेपाली कांग्रेसले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेहरूकाे नाम केन्द्रीय अनुशासन समितिमा पठाउन जिल्ला तथा प्रदेश अनुशासन समितिलाई निर्देशन दिएकाे छ । 

    पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले अन्तर्घात गरी असहयोग गर्नेविरूद्ध जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिएको हो ।

    ‘यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित १५ पुसभित्र पठाउनु होला,’ समितिका सचिव प्रेम केसीले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । 

    कांग्रेसमा अन्तर्घातका कारण कम्तीमा १५ सिट घाटा लागेकाे आन्तरिक समीक्षा भएकाे छ ।

    यस्तो छ पार्टीको निर्देशन

    Press-Realise-2079-8-18.jpg (1).jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार