स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ५ हजार ६२७ मतान्तरका साथ निर्वाचित भएका छन् । एमालेकी सचिव तथा पूर्वमन्त्री पदमाकुमारी अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् । शनिबार राति स्याङ्जा २ को मतणना सकिएको छ ।
मतगणना अनुसार गुरुङले ३१ हजार ४६६ मत पाएर बिजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी अर्यालले २५ हजार ८३९ मत पाएकी छन् ।
स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्र्टीका उम्मेदवार टिकराज गुरुङले पनि उल्लेख्य मत पाएका छन् । उनले ८ हजार ११३ मत पाएका छन् ।
२०७४ मा स्याङ्जाबाट नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजीत गरी एमालेकी अर्याल बिजयी भएकी थिइन् । उनलाई केपी शर्मा ओलीले स्वास्थ्य राज्यमन्त्री, भूमिब्यवस्था मन्त्री र कृषि मन्त्री बनाएका थिए ।
तीन वटा मन्त्रालयमात्र होइन, एमालेका कयौं बरिष्ठ महिला नेतृहरुलाई पछि पार्दै एमाले अध्यक्ष ओलीले सौराहा महाधिवेशनबाट अर्याललाई पार्टीको सचिव समेत बनाए । उनी भूमिब्यवस्था मन्त्री हुँदा गिरीबन्धु टी स्टेटको हदबन्दीको जग्गा फुकुवा गर्न भूमि ऐन संशोधनदेखि सबै अनियमित प्रक्रियामा सामेल थिइन् । उनले धेरै ठाउँमा सरकारी जग्गा दर्ता गर्ने माफियादेखि कित्ताकाट खुलाउने क्रममा अपारदर्शी चलखेल गरेको आरोप लाग्यो ।
कृषि मन्त्री हुँदा नक्कली मल भित्र्याएर अरब घोटाला पनि उनकै कार्यकालमा भएको थियो । यिनै कारणले उनले अहिलेको चुनावमा पराजयको सामना गर्नुपरेको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend