Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनराज गुरुङको अग्रता बढ्दै, २ हजार २६ मतान्तरले अर्याल पछाडि


    शनिबार, मंसिर १७ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । स्याङजा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता बढाउँदै लगेका छन् ।  उनलाई एमालेकी उम्‍मेदवार पद्माकुमारी अर्यालले पछ्याइरहेकी छन् । प्रतिनिधिसभाको करिब ६० हजार मतगणना सकिंदा गुरुङ अर्यालभन्दा २ हजार २६ मतान्तरले अर्यालभन्दा अगाडि छन् ।  

    पछिल्लो मतगणनाको परिणाम अनुसार गुरुङले २३ हजार ६८१ मत पाउँदा अर्यालले २१ हजार ६५८ मत ल्याएकी छन् ।

    हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका ११, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वडाको मगतणना सकिएको छ । 

    अब चापाकोट नगरपालिकाका १० वटा वडाको मात्र गणना बाँकी रहेको छ । चापाकोटका ४ वटा बुथ नेपाली कांग्रेसले कब्जा गरेको भन्दै पुनः मतदान गर्नुपर्ने माग गर्दै अर्यालले मतगणना रोक्दैआएकी थिइन् । तर निर्वाचन आयोगले बुधबारदेखि मतगणना गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार