Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङ्जा २ मा धनराज गुरुङले अग्रता बढाए, पदमा अर्याल २२१३ मतले पछ्याउँदै 


    शनिबार, मंसिर १७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा खसेको ७० हजार १९१ मत मतमध्ये ५० हजार भन्दा बढी गणना हुँदा नेपाली कांगे्रेसका धनराज गुरुङले २२१३ मतान्तरले अग्रता लिएका छन् । शुक्रबार बेलुकासम्म नेकपा एमालेकी पदमा अर्यालले अग्रता घटाएर मतान्तर १७ सम्म झारेकी थिइन् । तर शनिबार बिहान गुरुङले पुनः अग्रता बढाउँदै २ हजार २ सय १३ पुर्याएका छन् । 

    मतगणनाको पछिल्लो जानकारी अनुसार नेपाली कांग्रेसका गुरुङले २२ हजार ४८० मत प्राप्त गरेका छन् भने एमालेकी पदमाकुमारी अर्यालले २० हजार २६७ मतका साथ पछ्याइरहेकी छन् । नेपाल स्वतन्त्र पार्टीका टीकाराज गुरुङ ७ हजार २३८ मतका साथ तेस्रोमा छन् । 

    स्याङ्जाको प्रदेशसभा (क)मा नेपाली कांग्रेसका भोजराज अर्याल बिजयी भइसकेका छन् । प्रदेश (ख)मा नेपाली कांग्रेसका महेश भट्टराई नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई झिनो मतका साथ अगाडि लागेका छन् । शुक्रबार रातिसम्म श्रेष्ठले अग्रता हासिल गरेकोमा शनिबार बिहान उनी १ सय ४२ मतले पछाडि परेका छन् । भट्टराईले १० हजार २६१ मत प्राप्त गर्दा एमालेका श्रेष्ठले १० हजार ११९ मतका साथ पछ्याइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार