Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेनजीको बागमती अतिक्रमण हटाउने अभियानमा मेरो पूरापूर समर्थन छः रामकुमारी झाँक्री


    बुधबार, मंसिर १४ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । पूर्व सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले बागमती नदी किनारा अतिक्रमण हटाउने अभियानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अभियानमा आफ्नो पूरापूर समर्थन रहेको बताएकी छन् । 

    सामाजिक संजाल फेसबुकमा नदी किनाराका जग्गा भूमाफियादेखि सुकुम्बासीका नाममा अतिक्रमण भएको र त्यसमा माथिल्लो तहको राजनीतिक, प्रशासनिक र अदालत समेतको संरक्षण रहेको उल्लेख गर्दै मेयर बालेन साहलाई आफ्नो साथ रहने बताएकी छन् । उनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यका विकास प्राधिकरण र महानगरपालिकाले यो बेला मिलेर एउटै निसाना बनाएर काम गर्न आह्वान गरेकी छन् ।

    संसारमा मानव सभ्यताको बिकास नै नदी किनाराबाट भएको हो । हाम्रा सभ्यता विकासका रूपमा रहेका नदी किनारहरू अतिक्रमणमा परेका छन् । यस्तो अतिक्रमण तीन प्रकारका मान्छेहरूबाट हँुदै आएको छः 

    १. नदीका किनारा, घाटहरू, ढुंगेधारा र त्यस वरपरका चौरहरू, मन्दिर परिसरका जग्गा भूमाफियाहरूले आफ्नो नाममा दर्ता गरेका छन् ।

    २.बाँकी यस्तै जग्गा सुकुम्बासीको नाममा कब्जा गरेका छन् ।

    ३. विभिन्न धार्मिक प्रयोजनका भजनमण्डली, पूजा गृह, किरियापुत्री भवन, ॐ शान्ति, सत्य साई, रविशंकर आदिको नाममा रिटायर्ड कर्मचारी, ब्यापारी आदीले कब्जा गरेका छन् ।

    यी सबै अतिक्रमणमा माथिल्लो तहको राजनीति, प्रशासन र अदालतसमेतको कहीँ न कहीँ संरक्षण रहेको देखिन्छ ।
    एकातिर बागमती नदी, यसका सहायक र उपसहायक नदीहरूको संरक्षण गर्न भनेर अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समिति गठन गरेर सरकारले यिनै क्षेत्रमा काम गरिरहेको छ । तर अर्कोतिर यस्तो अतिक्रमणलाई राजनीतिक संरक्षण पनि दिइएको छ ।

    म शहरी विकास मन्त्री हुँदा अतिक्रमित क्षेत्र मुक्त गर्न सार्वजनिक छाउँमा बनाएका घर टहरा हटाउने अभियान सुरू गरेको थिएँ । साथै थापाथलीका सुकुम्बासीको लागि अर्को ब्यवस्था नहुन्जेलसम्म इचंगुमा करिब ३०० परिवारको लागि अपार्टमेन्ट शहरी विकास मन्त्रालयले बनाएको छ तर त्यहाँ लक्षित वर्गहरू जान चाहेनन्  । यो समस्या दीर्घकालीन रुपमा समाधान होस् भनेर मैले सुकुम्बासी र केही विज्ञहरू समेत रहनेगरी समिति बनाएँ ।

    शहरी गरीव र अब्यवस्थित बसोवासीका लागि भनेर उनीहरूको समेत कुनै न कुनै प्रकारको साझेदारीमा संयुक्त आवासको नीति लिएको थियो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा यो समावेश गरिएको छ । मेरो लागि काम गर्ने समय पनि पुगेन ।

    हाल बालेनजीको टिमले यो विषयमा जे गरिरहेको छ त्यसमा मेरो पूरापूर साथ र समर्थन छ । बालेनजी कामनपा वडा ११ को थापाथलीमा नक्सा पास नगरी बनाएका पक्की घर र बत्ती पानी जोड्न दिएको नक्कली लालपूर्जाधारीलाई पनि तत्काल छानबिन गरी कारबाही अगाडि बढाउनुपर्छ ।

    एसियाली विकास बैंक(एडीबी) ऋण सहायतामा लामो समय देखि बीआरबीआईपी परियोजनाको कार्यक्रम चालु छ । तर सरकारले लामो समयदेखि राईट अफ वे क्लीयर गर्न नसकेर आयोजना क्रोनिक भएको थियो । टाईम र कष्टको ओभर रन भएको थियो । यसले राज्यको असीमित दायित्व सिर्जना गरेको छ । त्यसैले यो परियोजनाको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि मेरो पालामा नै अतिक्रमण हटाउने अभियान सुरू गरेका थियौं ।

    अबका दिनमा अधिकार सम्पन्न बागमती, उपत्यका विकास प्राधिकरण र महानगरपालिकाले यो बेला मिलेर एउटै निसाना बनाएर काम गरौं । मेरो साथ छँदैछ । आवश्यक समन्वय पनि मैले गर्ने नै छु ।

    Screenshot (144).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार