Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सर्वदलीय बैठकमा एमाले अनुपस्थित, बाजुरामा आज पनि हुनसकेन मतगणना


    बुधबार, मंसिर १४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाजुरा । बाजुरामा आज बुधबार पनि मतगणना सुरु सकेको छैन । आज दिउँसो बसेको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने विषयमा छलफल हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा नआएका कारण आज मतगणना हुन नसकेको बताइएको छ ।  

    मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसबाट बुथकब्जा भएको भन्दै एमालेका उम्मेदवार कर्ण थापाले उजुरी दिएका कारण मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगले १० दिनपछि बुधबार मात्र मतगणना गर्न निर्देशन दिएको हो । 

    यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज राति ९ बजेदेखि मतगणना सुरु हुने छ । आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार