Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बर्दियाबाट जंगली जनावरको मासु र अवैध हातहतियार बरामद


    बुधबार, मंसिर १४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बर्दिया । बर्दियाबाट प्रहरीले जंगली जनावरको मासु र अवैध हातहतियार प्रहरीले बरामद गरेको छ । आज बिहान जिल्लाको बासगढी नगरपालिका–८ बनगौडी बस्ने ५० वर्षीय गुलराम थारुको घरबाट विभिन्न अवैध हातहतियार बरामद गरेको प्रहरी चौकी लक्ष्मणले जनाएको छ ।

    विशेष सूचनाको आधारमा प्रहरी चौकी लक्ष्मण बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज (रम्भापुर सेन्टर) र रम्भापुर आर्मी चेकपोष्टबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा भरुवा बन्दुक १ थान, सोही बन्दुकको नाल १ थान, गज १ थान, डेटोनेटर ८ थान, फलामको छर्रा (सानो र ठूलो) ५ सय १५ वटा, गोलीमा प्रयोग हुने फलामको टुक्रा १ सय ७५ वटा, वारुद १५ ग्राम, केप २५ वटा, चित्तलको मासु जस्तो देखिने सुकुटी १ किलो र बदेलको जस्तो देखिने दारा ४ वटा फेला पारि बरामद गरेको हो ।

    गुलरामकी श्रीमती ५० वर्षीय पोटनी थारूलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार गुलरामको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार