Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बालेन साहको ओलीलाई प्रश्नः दुईतिहाईको सरकारमा हुँदा सुकुम्बासीले भोगेको जाडो देख्नुभएन ?


    मंगलबार, मंसिर १३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरको सुकुम्बासी हटाउने अभियानलाई तमासाको संज्ञा दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मुखभरीको जवाफ दिएका छन् । 

    अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा सुकुम्बासी हटाउन खोज्दा मंगलबार महानगर प्रहरीमाथि खुकुरी र ढुंगामुढा प्रहार भएको थियो । जसमा महानगर प्रहरीका प्रमुख राजु पाण्डे घाइते भएका थिए । महानगरको सुकुम्बासी हटाउने निर्णयको एमाले अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा बिरोध गर्दै तमासा भनेपछि मेयर साहले ओलीलाई आफू पटक पटक मन्त्री र दुईतिहाईको सरकारको प्रधानमन्त्री हुँदा सुकुम्बासीले भोगेको जाडो किन देख्नुभएन भन्ने प्रश्न राखेका छन् ।  

      साहले ओलीलाई प्रश्न गरेका छन्–‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन ?’

      उनले लेखेका छन्–अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नुभएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंकमात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थबस । तपाईलाई जनता, नदीनाला र नेवाः सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ?

    हुनमानढोकाको पुनर्निर्माणमा नेवाः सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? यी सबै हेर्दा नेवाः सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन । 

    तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।

    Screenshot (141).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार