काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मा आफूले लिने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर लडेका थापा पराजित भएका थिए । उनको पार्टीका अन्य सदस्यले समेत उल्लेख्य मत ल्याउन नसकेकोमा उक्त हारको नैतिक जिम्मा आफूले लिने थापाले बताए ।
मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले चुनावी परिणाम निराशाजनक भएको निष्कर्ष निकालेको छ । पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने संगठन निर्माण हुन नसकेको उनको ठहर छ ।
बैठकमा अध्यक्ष थापाले चुनावी हारको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।
चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभावसहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर छ ।
राप्रपा नेपालको सचिवालय बैठकले निर्वाचनमा देखिएको कमजोरी र भोलिका दिनमा अवलम्बन गर्ने नीतिबारे अध्ययन गरी सुझाव दिन उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा समिति बनाएको छ । जसमा बसन्तमान सिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मतजंग भण्डारी, यवती कार्की, उज्वल पोखरेल, राजाराम बर्तौला छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend