Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सिरहाका चारै निर्वाचन क्षेत्रमा एमाले गठबन्धन विजय, प्रदेशसभामा मिश्रित परिणाम


    शनिबार, मंसिर १० २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सिरहा । सिराहाको चार वटै निर्वाचन क्षेत्रमा एमाले जसपा गठबन्धन निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा, ३ मा एमाले र ४ नम्बर क्षेत्रमा जसपाका उम्मेदवार निर्वाचित भएका हुन् ।  

    सिराहा १ मा एमालेका रामशंकर यादव, क्षेत्र नं. २ मा जसपाका नेता राजकिशोर यादव , क्षेत्र नं. ३ मा एमालेकै नेता पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ पुनः निर्वाचित भएका छन् भन्ने  ४ नम्बर क्षेत्रमा डा. विरेन्द्रप्रसाद महतो निर्वाचित भएका हुन् ।

    प्रदेशसभामा मिश्रित परिणाम 

    प्रदेशसभातर्फका आठ क्षेत्रमा भने मिश्रित परिणाम आएको छ । एमाले-जसपा गठबन्धन र पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन र अन्य स-साना दलले उम्मेदवारी दिए पनि एमाले गठबन्धन, सत्ता गठबन्धन र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

    सिरहा १ (क) मा एमालेका राजेन्द्रप्रसाद चौधरी थारुले विजय भएका छन् । यसैगरी, प्रदेश ‘ख’मा जनता समाजवादी पार्टीका राजकुमार गुप्ता विजय भए । 

    क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीका संजय यादब र निर्वाचन क्षेत्र नं. २ ‘ख’मा नेकपा एमालेका सत्रुधनप्रसाद सिंह विजय भएका छन् । 

    सिरहा ३ ‘क’ मा एमालेका मनोज सिंह विजयी भए भने (ख) मा बाम-लोकतान्त्रिक गठबन्धनका एकीकृत समाजवादीका प्रमोदकुमार यादबले निर्वाचित भएका छन् । 

    सिरहा ४ (क) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । ‘ख’मा सात्ता गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका राम बाबु यादव निर्वाचित भएका छन् । 

    सिराहाको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगनणा सकिएको र समानुपातिक तर्फको मतगणना जारी रहेकाे मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जनाएका छन् । जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६ सय ११ महिला र २ अन्य  मतदातासहित जम्मा चार लाख २२ हजार ७१ मतदाता छन् । मुकेशकुमार यादव/न्युज कारखाना
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार