सुर्खेत । प्रतिनिधिसभाकाे १२ सिट रहेको कर्णाली प्रदेशमा एमाले शून्य बनेकाे छ । प्रतिनिधसभामा शून्य भए पनि प्रदेशसभातर्फ भने पाँच सिट जितिसकेकाे छ।
जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा माओवादी केन्द्रका जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्णबहादुर खड्का , क्षेत्र नम्बर २ मा हृदयराम थानी , दैलेख क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी का अम्बरबहादुर थापा, क्षेत्र नम्बर २ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् ।
यस्तै, सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला, डोल्पामा समाजवादी कै धनबहादुर बुढा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही, कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । मतदान जारी रहेकाे मुगुमा कांग्रेसका ऐनबहादुर शाही ठकुरी अन्य भन्दा अगाडी छन् । हुम्लामा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।
कर्णालीका १० जिल्लामा रहेका १२ सिटमा एमाले शून्य भए पनि प्रदेशसभातर्फ भने अहिलेसम्म डोल्पा (क) मा एमालेका शेरबहादुर बुढा, सुर्खेत क्षेत्र नम्बर २ को (क) मा एमालेका यमलाल कँडेल विजयी भएका छन् । मुगु क्षेत्र नम्बर १ (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । दैलेख क्षेत्र नम्बर क्षेत्र नम्बर २ (ख) विनोदकुमार शाहले जिते । जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाइ विजयी भएका छन् । प्रदेशसभातर्फ एमालेको अहिलेसम्म पाँच सिटमा एमाले निर्वाचित भइसकेकाे छ ।
मुख्यमन्त्रीबारे चर्चा सुरू
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएपछि अब काे बन्लान भनेर चर्चा चल्न थालेकाे छ । चुनावमा होमिएका मुख्यमन्त्रीको आकांक्षी आठनेतामध्ये ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
भावी मुख्यमन्त्रीको रुपमा कांग्रेसबाट तीन, एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जनाको नाम चर्चामा थियाे । जसमध्ये एमालेबाट मुख्यमन्त्रीको चर्चामा रहेका प्रदेश सह–इञ्चार्ज गुलाबजंग शाह र कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पराजित भए ।
सभापति शाहीले मुख्यमन्त्री बन्ने उद्देश्यसहित निर्वाचनमा भाग लिएका थिए । यद्यपि, उनको निर्वाचन क्षेत्र जुम्ला (क) मा उनीविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका देवेन्द्रबहादुर शाहीले चुनाव जिते ।
मुख्यमन्त्रीका आकांक्षीमध्ये पराजित हुनेमा एमाले सह-इञ्चार्ज गुलाबजंग शाह पनि हुन् । उनी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश अधिकारीसँग पराजित भए । ०७४ मा सल्यान (क) बाट निर्वाचित भएर प्रदेश भामा एमाले सचेतक भइसकेका शाह यो पटक यामलाल कँडेलको विकल्पमा आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा उभ्याउँदै आएका थिए । पराजित हुने डरले निर्वाचन क्षेत्र बदलेर (ख) मा चुनाव लडेका उनी त्यहाँ पनि पराजित भए ।
निर्वाचित हुनेमा माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट, कांग्रेसबाट राजीवबिक्रम शाह, जीवनबहादुर शाही र एमालेबाट यामलाल कँडेल छन् ।
माओवादीबाट मुख्यमन्त्रीका अर्को दाबेदार हुन्, विन्दमान विष्ट । सुर्खेन निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक निर्वाचित भएका उनी यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका व्यक्ति हुन् । हेमन्त केसी/न्युज कारखाना
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend