काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
आज आइतवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौंमा आयोजित केन्द्रिय कमिटीको प्रथम बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने बताए ।
सबै उनले नागरिकहरुलाई सिपको तालिम दिनुपर्ने पनि बताए । अध्यक्ष नेपालले अनुशासित र मेहनती नागरिक भएका देशहरु मात्रै विकासमा अगाडी बढन सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने बताए । उनले भने – ‘ति देशहरु मात्रै विकासमा अगाडी बढेको पाउनुहुन्छ । जहाँका नागरिकहरु अत्यन्तै अनुशासित छन । जहाँका नागरिकहरु अत्यन्तै मेहनती छन । जहाँका नागरिकहरु आफनो देशलाई माया गर्दछन । जहाँका नागरिकहरु ज्ञान, बुद्धि, विवेकले भरिपूर्ण हुन्छन । जहाँका नागरिकहरु सबै क्षेत्रमा उत्कृष्ट हुन्छन । त्यही देशले प्रगती गरेको तपाई पाउनुहुन्छ । नेपाल देशलाई पनि प्रगतीको बाटोमा लिएर जानुछ भने नेपाल देशलाई पनि गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्नुछ भने हामीले असल नागरिक उत्पादन गर्नुपर्छ ।
त्यसको निम्ति शिक्षा प्रणाली ठिक हुनुपर्छ । यो शिक्षा प्रणाली ठिक गर्नका लागि हाम्रो शिक्षा प्रणालीमा के–के कमजोरीहरु छन ? अहिलेको व्यवहारलाई निर्देशित गर्ने शिक्षा प्रणाली छ कि छैन ? पढाइ, पढाइको निम्ति हो कि पढाइ समाजको परिवर्तनको निम्ति हो ? या उत्पादनमा वृद्धि गर्नका निम्ति हो ? देशको विकास गर्नका निम्ति हो ? ज्ञान र बुद्धिको सदुपयोग गर्नका निम्ति हो ? भन्ने कुरामा हामीले प्रष्ट भएर तदनुरुपको शिक्षा नीति अवलम्वन गर्नुपर्छ । सबै नागरिकहरुलाई हामीले सिपको तालिम दिनुपर्छ । यस अर्थमा हामी प्राविधिक र व्यवसायिक शिक्षालाई पनि धेरै जोड दिन चाहन्छौँ । महत्व दिन चाहन्छौँ ।’
उनले विद्यार्थी संगठनलाई सबै विश्वविद्यालयहरुमा बिस्तार गर्न अनुरोध गर्नुभयो । अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमतलाई आफनो पक्षमा तान्नका लागि सक्रिय हुन विद्यार्थी नेता, कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend