Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चलचित्र पत्रकार संघमा प्रेस युनियन पत्तासाफ


    मंगलबार, चैत्र ४ २०७६
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौंं, ४ चैत । चलचित्र पत्रकार संघ नेपालको आठौं अधिवेशनले दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

    कुल १३८ मत खसेकोमा सिटौलाले ७० मत पाए उनका प्रतिद्धन्द्धी डब्बु क्षेत्रीले ३९ मत ल्याए । अध्यक्षका अन्य दुई उम्मेदवार अनिल यादव र गीत अधिकारीले १४–१४ मत पाए ।
    एसोसिएट संस्था चलचित्र पत्रकार संघको निर्वाचनमा प्रेश संगठन र प्रेस युनियन नेतृत्व आ–आफ्ना उम्मेदवारलाई जिताउन मैदानमा भिडेका थिए । संघ स्थापना भएदेखी नै प्रेस युनियन निकट पत्रकारले नेतृत्व गर्दै आएको संघमा यसपाली पहिलो पटक युनियन निकट उम्मेदवार पराजित भए । 

    अध्यक्ष पदमा निर्वाचित सिटौला राप्रपा निकट पत्रकार हुन् भने उपाध्यक्ष जीवन पराजुली, कुवेर डंगोल, महासचिव समिर बलामी, सचिव रघुनाथ सापकोटा समावेशी सचिव विशाल राई, सहकोषाध्यक्ष विनोद पोखरेल नेकपा निकट हुन् ।

    सिटौलाले ७० मत पाउदा युनियनकै गीता अधिकारीले जम्मा १४ मतमा चित्त बुझाउनु प¥यो भने अध्यक्ष पदमै भिडेका प्रेश संगठनका दुई उम्मेदवार डब्बु क्षेत्रीले ३९ र अनिल यादवले १४ मत पाए ।
    त्यस्तै महासचिवमा प्रेश संगठनका समिर बलामीले ८८ मत पाउदा युनियनका बैकुण्ठ पराजुलीले ५० मतमा चित्त बुझाउन प¥यो । 

    सदस्यहरुमा नवीन गिरी, मनिष दाहाल, मिलन ढुंगाना, गणेश ओली, गोपीकृष्ण चापाँगाई, श्रृष्टी पोखरेल विजयी भए । सुरक्षा भट्टराई(महिला सदस्य) पदमा निर्विरोध हुँदा दीपक गुरुङ (समावेशी) सदस्य पदमा निर्विरोध विजयी भएका छन् ।

    चलचित्र पत्रकार संघले ३ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन अगाडि उदघाटन अधिवेशन र बन्दसत्र चलेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार