Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गीतकार दाहालको म्यूजिक भिडियो सार्वजनिक


    सोमबार, चैत्र ३ २०७६
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३ चैत । डिलाइटेड नेपालको प्रस्तुति गीतकार डीपी दाहाल ‘परिश्रमी’ को रचनामा नयाँ गीत माया लाउँदाको म्युजिक भिडियो सार्बजनिक भएको छ । डिलाइटेड नेपाल युट्युब च्यानल मार्फत् बजारमा ल्याइएको सो गीतमा प्रसिद्घ संगीतकार शम्भुजीत बास्कोटाको संगीत रहेको छ । 
    उक्त गीतमा लोकप्रिय गायिका मिलन अमात्यको स्वर रहेको छ । मायाप्रीतिकै कथाबस्तु रहेको सो गीतमा आशिष दाहाल, करिश्मा ढकाल र सुदिप भट्टराईको अभिनय रहेको छ । गीत रोमान्टीक शैलीको छ । यस भिडियोलाई नमराज घिमिरेले खिच्नुभएको हो भने सम्पादन, कलर, तथा निर्देशनको काम शक्ति प्रज्वल घिमिरेले गर्नु भएको छ ।

    भिडियो लिंक हेर्नुहोस्ः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार