काठमाडौं । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने भएपछि त्यस पार्टीकी सांसद सरिता गिरी के गर्लिन् ? उनी लिम्पियाधुरा, लिपुलेक र कालापानी विवादमा भारतको पक्षमा खुलेर बोल्दैआएकी छन् । गिरीले चीनसँग पनि वार्ता गर्नुपर्ने भन्दै नक्सा जारी गर्ने कार्यको बिरोध गर्र्दैआएकी छन् । तर समाजवादी पार्टीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सा समेटिएको निशान छाप फेर्ने संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने भएको छ । उसले विगतमा राखेको संविधान संशोधनको एजेन्डालाई सम्बोधन गर्नुपर्ने अडान राख्दै आएको छ । तर संविधान संशोधनको पक्षमै मतदान गर्ने भएको छ ।
यस्तो अवस्थामा सो पार्टीले ह्वीप जारी गरेमा सरिता गिरीले बाध्य भएर पक्षमै मतदान गर्नुपर्ने छ । अन्यथा उनीमाथि कारबाही हुन्छ । उनी सांसदबाट निस्कासित हुनेछिन् । ह्वीप नलगाएमा उनी मतदानमा अनुपस्थित हुने संभावना छ ।