काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा) संविधान संशोधनको विपक्षमा उभिने भएको छ । देशको सीमा मिचिंदा पनि नदुख्ने र विदेशीले सीमा मिचेको ठीक हो भनेर मतदान गर्ने पार्टीका रुपमा राष्ट्रिय जनता पार्टी(राजपा) इतिहासमा कलंकित हुने भएको छ । महन्थ ठाकुर जस्ता प्रजातन्त्रका लागि लामो योगदान गरेका बयोबृद्ध नेता जीवनको अन्तिम घडीमा कलंकित हुने भएका छन् । राजपाले संविधान संशोधनको विपपक्षमा मतदान गर्ने पक्षमा पुगे पनि उक्त पार्टीसँग एकता गरेको समाजवादी पार्टीले भने संशोधनको पक्षमा मतदान गर्ने भएको छ ।
नेपालको संसदमा सत्तारु दल नेकपा, प्रमुख विपक्षी नेपाली कांग्रेस, तेस्रो पार्टीका रुपमा चिनिएको समाजवादी लगायतका राप्रपा, मसाल सबैले संविधान संशोधनको पक्षमा मतदान गर्ने भएका छन् । राष्ट्रियताको मामलामा संसदमा एकमतका साथ संविधान संशोधन गराउने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । उनले त्यसका लागि सर्वदलीय बैठकमा सबै पार्टीलाई अनुरोध पनि गरिसकेका छन् । तर भारतले नक्सा जारी हुनै नदिने, भइसकेपछि संसदबाट अनुमोदन हुन नदिनका लागि नेपाली कांग्रेसभित्र खेल्न खोज्यो । तर त्यसमा पनि असफल भइसकेपछि अब नेपालको संसदले एकमतका साथ संविधान संशोधन हुन नदिने खेलमा छ । त्यसका लागि राजपालाई उसले अगाडि सारेको छ ।
एकता नटुंगिंदै विभाजनतिर
पदीय भागबण्डालाई थाँती राखेर रातारात एकता प्रक्रिया सुरु गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) भित्र संविधान संशोधन प्रस्तावले पुनः विभाजनको रेखा कोरेको छ । समाजवादी पार्टीले सीमा जस्तो कुरामा संविधान संशोधन हुनलागेकाले त्यसमा समर्थन गर्ने मत राखेको छ । तर राजपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने भएको छ । यसरी एकता प्रक्रिया सार्थक नहुँदै दुवै पार्टीमा मनोमालिन्य बढेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सा समेटेर निशान छाप फेर्नका लागि संविधान संशोधन हुँदैछ । संविधान संशोधनका पक्षमा संसदभित्र सर्वसम्मत बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १२ मा सर्वदलीय बैठक बोलाएका थिए । त्यो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिबाट निर्णय गराउनुपर्ने भएकाले केही दिन संविधान संशोधन संशोधनको प्रस्ताव संसदको कार्यसूचीमा राख्न अनुरोध गरेका थिए । कांग्रेसले शनिबार संविधान संशोधनको पक्षमा मतदान गर्नका लागि संसदीय दललाई निर्देश गर्ने निर्णय गरिसकेको छ । तर प्रस्तावित जनता समाजवादी पार्टी(तत्कालीन राजपा र समाजवादी)ले संविधान संशोधनको पक्ष वा विपक्षमा मत हाल्ने निर्णय गरेका छैनन् । राजपाका नेताहरुले संविधान संशोधनको विपक्षमा मत हाल्ने भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend