Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कोरोना रोकथामका लागि सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय


    शनिबार, जेष्ठ १७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन गर्ने निर्णय गरेको छ । सरकारले घोषणा गरेको लकडाउन प्रहरीले मात्र प्रभावकारी रुपमा लागू गर्न नसकेको र काठमाडौंमा लुकिछिपी आउने क्रम नरोकिएपछि सरकारले सेनालाई जिम्मा दिन लागेको छ ।

    शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ३२ सम्म लकडाउनको समय बढाउने निर्णयसँगै सेना परिचालन गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या जेठदेखि लगातार बढेर शनिबारसम्म १४ सय नाघिसकेको छ । मन्त्रिपरिषदको बैठक अघि सुरक्षा परिषदको बैठक बसी सेना परिचालनको  सिफारिस गरेको थियो । सुरक्षा परिषदको सिफारिसमा मात्र सेना परिचालन गर्ने कानुनी ब्यवस्था छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार