काठमाडौं, १५ जेठ । थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै १५६ जना नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ ।
कुल संक्रिमतमध्ये हालसम्म १८७ जना उपचारपछि निको भएका छन्,भने कोरोना संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ। बुधबार किष्ट मेडिकल कलेजमा उपचारका क्रममा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।