बिराटनगर । भारतसँग जोडिएका प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमण फैलिने क्रम जारी छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले उक्त जानकारी दिएकी हुन् ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरादह नगरपालिकाका दुई जना रहेका छन् ।
प्रदेश–१ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ । संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । बुधबार चार जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।