काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सीमाका बिषयमा संविधान संशोधन गर्नका लागि राखेको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सर्तमाथि सर्त राखेका छन् । भारत आफूले अतिक्रमण गरेको भूभागको नक्सा जारी गरेकोमा ओलीसँग रुष्ट छ । र, संसदबाट उक्त नक्सा अनुमोदन हुन नदिने अन्तिम चलखेलमा छ ।
भारतले जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराईजस्ता पात्रहरु परिचालन गरी संविधान संशोधन रोक्ने प्रयास गरेको छ । भारतले परिचालन गरेका पात्र बाबुरामले मंगलबारको बैठकमा सीमा अतिक्रमणको कुरामा भन्दा जातजातिको कुरा उठाएर बिषयान्तर गरेका थिए । ठूल ठूला निर्णय मनमौजी गर्ने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सीमाका बिषयमा भने केन्द्रीय समिति बैठक राख्नुपर्ने भएकाले केही दिन पर्खिन अनुरोध गरेका थिए । तर भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएकाले त्यसलाई समेटेर सरकारले जेठ ६ मा नक्सा जारी गरेको छ ।
सरकारले जारी गरेको त्यो नक्सा समावेश गरी निशान छाप फेर्नका लागि संसदबाट अनुमोदन गराउनुपर्छ । संसंदमा निशान छाप फेर्ने प्रस्ताव दर्ता भइसकेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएर छलफल गरी सर्वसहमति जुटाउने प्रयास गरेका थिए । तर सर्वदलीय बैठकमा सीमाको बिषयमा एकमत हुनुपर्नेमा डा. भट्टराईले सर्तमाथि सर्त राखेका थिए ।
मंगलबारको बैठकमा भट्टराईले संविधान संशोधन बहुमतबाट होइन सर्वसम्मतिबाट गर्नुपर्छ, ‘त्यसनिम्ति संविधान जारी हुने बेलादेखि नै असहमति राख्दै आएका मधेसी, थारू, आदिवासी जनजातिलगायत सबैको विश्वास जित्नुपर्छ ।’
बाबुरामले एसएसपी सहित ५ जना प्रहरीलाई टीकापुरमा भालाले रोपेर मारेको आरोपमा जेलमा संजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई पनि छाड्नुपर्ने सर्त राखेका छन् । नेपाललाई फिजी बनाउने ढंगले राखेको संविधान संशोधन प्रस्तावलाई पनि प्याकेजमा संशोधन गर्ने सर्त राखेका छन । त्यसो त बाबुरामले जनता समाजवादी पार्टीको घोषणापत्रमा बहुराष्ट्र जस्तो देशद्रोही कुरा पनि राखेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend