काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मंगलबार अपरा्हन प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा उनले सबै दलका नेताहरुसँग राष्ट्रियताको बिषयमा राष्ट्रिय सहमति कायम गरेर जान आग्रह गरेका हुन् ।
बालुवाटारमा करिब ३ घन्टासम्म सर्वदलीय छलफल भएको थियो । वार्ता र कूटनीति नै यस समस्या समाधान गर्ने एकमात्र उपाय भएको कुरा पनि प्रधानमन्त्री ओलीले राखेका थिए । संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीले सहभागी नेताहरुसँग बैठकमा विशेष अनुरोध गरेका थिए ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गर्न आग्रह गरेका थिए । कांग्रेसको आग्रह अनुसार सरकारले सबै दलको सहमतिमा संविधान संशोधन गर्न सकारात्मक देखिएको समाचार छ ।
जनता समावादी दलका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन गर्दा आफूहरुका माग पनि समेट्नुपर्ने धारणा राखेका थिए ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नक्सा सरकारले जेठ ७ मा जारी गरिसकेको छ । जसलाई संसदबाट अनुमोदन गर्नुपर्ने हुन्छ । दुई तिहाई बहुमत आवश्यक पर्ने र राष्ट्रियताको सवालमा सबै दल एकमत भएमा त्यसको सन्देश सकारात्मक जाने भएकाले पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको बताइएको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend