Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य मन्त्रीदेखि सबैको पीसीआर रिपोर्ट नेगेटिभ


    मंगलबार, जेष्ठ १३ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कार्यालय सहयोगीदेखि सवारी चालक, शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव र मन्त्रीसम्मको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

    जेठ ६ मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयका कार्यालय सहयोगीदेखि मन्त्रीसम्मको पीसीआर टेष्टका लागि आइतबार स्वाब संकलन गरिएको थियो । जसको रिपोर्ट आज आएको हो । महाशाखाका चिकित्सकले एक दिन स्वास्थ्य मन्त्रालयको कार्यक्रममा भाग लिएकाले सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र सचिव यादव कोइरालासमेत ती चिकित्सकको सम्पर्क पुगेका सबैको परीक्षण गरिएको थियो । मन्त्री ढकालको सचिवालयका कर्मचारीको पनि पीसीआर परीक्षण गरिएको थियो । 

    यसैबीच, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पाँच दिनदेखि होम क्वारेन्टाइनमा बसेको चर्चा पनि आज दिनभर चलेको थियो । तर मन्त्रालयका अधिकारीले भने उनी होम क्वारेन्टाइनमा नबसेको दाबी गरेका छन् । आइतबार मन्त्रालयमा मन्त्रीसहितको स्वाब संकलन गरिएकाले पाँच दिनदेखि होम क्वारेन्टाइनमा बसेको हल्लामात्र भएको दाबी ती अधिकारीको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार