काठमाडौं, १२ जेठ । थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै जना ७ नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ,भने मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।