काठमाडौं । थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै ७२ जना नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
आज पुष्टि भएका ७२ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा पीसीआर परीक्षणमा देखिएको संख्या ३७ छ । संक्रमण पुष्टी भएकाहरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा २१ जनामा पुष्टी भएको छ ।
त्यसैगरी, भेरी अस्पताल नेपालगंजमा ५ जना, प्रदेश अस्पताल सुर्खेत, पुशपंछी रोग अन्वेषण प्रयोगशालामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पीसीआर रिपोर्टअनुसार धनुषा नगराइन नगरपालिका–३ का ३०, ३१ र ४५ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तु शिवराज न..पा.४, ५ र ६ नम्बर वडाका १९, २० र ३७ बर्षीय पुरुषमा संक्रमण देखिएको छ । टेकुमै गरिएको परीक्षणमा काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बुढानीलकन्ठ न.पा.का ३ का क्रमशः २७, ४१ र ३७ बर्षका पुरुष छन् । रौतहटको राजपुर फरहदवा न.पा. २, ६, ८ र इशनाथ न.पा. २ का २६ पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा देखिएका संक्रमितहरुमा डाक्नेश्वरी गा.पा. सप्तरीका २२ र ३४ बर्षीय पुरुष छन् ।
राप्ती स्वास्थ्य प्रतिष्ठानमा बर्दिया बासगढी ९ का २५ पुरुष छन् । हेटौंडामा देखिएका २१ संक्रमितमा बारा गढीमाई न.पा.का पुरुषमात्र छन् । भेरी अस्पतालमा देखिएका ५ जनामा दैलेख नारायण न.पा. र ढुं्रगेधर गाउँपालिकाका ४ पुरुष र १ महिला छन् । सुर्खेतमा देखिएका संक्रमितमा दैलेख गुराँस गा.पा.का २४ र २५ बर्षीय पुरुष छन् ।