काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुसलमान समुदायको पर्व ईदको अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले सोमबार दिनुभएको शुभकामना सन्देशमा विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गर्नुभएको छ ।
सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै सुरक्षित रहेर पर्व मनाउने विश्वास पनि उहाँले गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा कोरोना भाइरस महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको उल्लेख छ ।