काठमाडौं । जीवनभर भारतीय फिल्म इन्डष्ट्रीमा काम गरेकी मनीषा कोइरालाले भारतले सीमा मिच्दा त्यसको बिरुद्ध अभिब्यक्ति दिइन् । राष्ट्रियताको महत्व कति हुन्छ भन्ने कुरा उनले महसुस गरेकैले देशको सीमा मिचिंदा उनलाई दुख्यो । जसका कारण भारतीय अराजक मिडिया उनीबिरुद्ध खनिए । भारतको खाती हैं, भारतबिरुद्ध बोल्ती हें सम्म भन्न बाँकी राखेनन् । जबकि मनीषा कोइराला क्षमता भएकै कारण भारतीय चलचित्रमा स्थापित भएकी हुन् । उनले काम गरेर खाएको बिषयमा पनि भारतीय मिडिया नीच हर्कतमा उत्रिएका थिए । उनले देशको पक्षमा अभिब्यक्ति दिएकै कारण ।
तर नेपालकै फिल्म इन्डष्ट्रीमा काम गर्ने बर्षा राउतले भने सीमा विवादमा आफ्नै देशको गल्ती देखाउँदा उनी सामाजिक संजालमा आलोचनाको तारो बनेकी छन् । नेपाली फिल्म दर्शकले हेरिदिएर उनले नाम र दाम कमाइन् । तर नेपालको सीमा मिचिंदा उनले भारतको पक्ष लिएर विवादमा आएकी छन् ।
नायिका प्रियंका कार्की लगायतसँग भर्चुअल कुराकानीको भिडियो क्लीपमा नेपाल–भारत सीमा विवाद दुई देशबीच रहेकोले ‘टेबल टक’गरेर हल गर्न आवश्यक रहेको उनले बताएकी थिइन् । ‘यो त राम्रो भएन, वार्ता गरेर समाधान गर्नुपर्यो । अब मैले मेरा भारतीय साथीसँग कसरी फेस देखाउनु ?’ राउतले भनेकी छन्, ‘मेरा भारतीय साथीहरु पनि कसरी बोल्ने भन्ने समस्या भएको छु ।’
अंग्रेजी मिसाएर टेबुल टक जस्ता शब्द बोलेर स्मार्ट बन्न खोजेकी बर्षा राउतलाई के थाहा भारत वार्ता नै गर्न चाहन्न, नेपाललाई पेलेको पेल्यै गरेकोा छ भन्ने कुरा ।
बर्षा राउत जुन देशको नून खाएकी छन्, त्यही देशमा बसेर विदेशीको वकालत गर्न पुग्दा सामाजिक संजालमा ट्रोल बनेकी छन् । कलाकारलाई राष्ट्रका गहनाका रुपमा लिने गरिन्छ, तर देशको सीमा मिचिंदा उल्टै भारतको पक्ष लिने बर्षा राउतका फिल्म नै बहिस्कार गर्नेसम्म पुग्नुपर्ने अभिब्यक्ति सामाजिक संजालमा प्रकट भइरहेका छन् । यद्यपि उनले आफूले नबुझी बोलेको भनेर माफी मागिसकेकी छन् । तर पनि सामाजिक संजालमा ट्रोल भइरहेको छ ।