Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चौथो पटक जापान उड्यो नेपाल एयरलाइन्सको विमान


    आइतबार, जेष्ठ ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ११ जेठ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथो पटक चार्टर्ड उडान गर्दैछ ।
    बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो ।

    त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे निगमको वाइडबडी जहाज नारिता अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान गर्ने तालिका रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

    बन्दाबन्दीमा निगमको नारिताका लागि यो चौथो पटकको चार्टर्ड उडान हो । यसअघि जेठ ९ गते निगमको वाइडबडी जहाजले १९७ नेपालीसहित जम्मा २६८ यात्रु लिएर वाइडबडी जहाज नारिता गएको थियो । जसमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् ।

    सोही गन्तव्यमा यसअघि जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रोपटक चार्टर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान भएको थियो ।

    नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार जापानको नारिताको चौथो पटकको चार्टर्ड उडानका लागि २६० भन्दा बढी यात्रुको बुकिङ छ ।

    नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार