Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • संविधान संशोधन असफल पार्न भारतीय दूताबासको चलखेल तीव्र


    आइतबार, जेष्ठ ११ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • कांग्रेस सभापति देउवा निवासमा जसपाका नेताहरु

    काठमाडौं । लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेपछि सरकारले गर्न खोजेको संविधान संशोधन असफल पार्ने रणनीतिमा भारतीय दूताबास लागेको छ । भारतीय खुफिया एजेन्सी ‘रअ’ का अधिकारी लिम्पियाधुरासहितको नक्सा समेटिएपछि गर्नलागेको संविधान संशोधन हुन नदिने भगिरथ प्रयत्नमा जुटेका छन् । त्यसका लागि दूताबासले जनता समाजवादी दल (तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) लाई संविधान संशोधनको पुरानो मुद्दा ब्यूँताउनुपर्ने माग गर्न लगाएको छ ।

    जसपाले लिम्पियाधुरासहितको नक्सा समेटेर संविधान संशोधन गर्दा प्याकेजमा गर्नुपर्ने माग अगाडि सारेको छ । मधेशवादी दलले विगतमा राखेको संविधान संशोधनको बिषय जनताले चुनावबाटै अस्वीकृत गरिसकेका छन् । तर त्यही जनताबाट अस्वीकृत संविधान संशोधनको मुद्दालाई अगाडि सारेर नेपाली भूभाग समेटिएको नक्सा र निशान छापका लागि गर्न लागिएको संविधान संशोधन असफल पार्ने खेलमा भारतीय दूताबासको इशारामा जसपाका नेता लागेका छन् ।

    जेठ १३ मा लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप फेर्न संविधान संशोधनको प्रस्ताव प्रस्तुत हुँदैछ । त्यो प्रस्ताव दुई तिहाईले पारित हुनुपर्छ । त्यो प्रस्ताव पारित हुन नदिने चलखेलमा भारतीय दूताबासले सम्पूर्ण शक्ति परिचालन गरेको छ ।
    जसपाका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, शरतसिंह भण्डारी, राजेन्द्र महतो र महेन्द्र राय यादवहरुले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकन्ठमा भेटेर संविधान संशोधनमा विनासर्त सरकारलाई साथ नदिन आग्रह गरेका छन् । तर कांग्रेसलाई संविधान संशोधनमा साथ नदिनु बाघमाथिको सवारी जत्तिकै घातक छ । राष्ट्रियताको सवालमा संविधान संशोधनमा साथ नदिंदा बेहोर्नुपर्ने क्षतिका कारण कांग्रेस संविधान संशोधनमा सरकारलाई साथ दिन बाध्य हुनुपर्ने अवस्था छ । तथापि कांग्रेसभित्रै पनि केही नेताहरु जसपाको माग अनुसार संविधान संशोधन प्याकेजमा गर्नुपर्ने पक्षमा देखिएका छन् ।

    कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारतीय दूताबासकै इच्छामा पार्टीको नीति प्रशिक्षण विभागबाट नक्सा जारी गर्नुलाई नाटक मन्चनको संज्ञा दिंदै सरकारबिरुद्ध विज्ञप्ति निकालेका छन् । र, चीनसँग पनि वार्ता गर्नुपर्ने बेतुकको कुरा उठाएका छन् ।

    किन गए भारतीय दूताबासमा नेताहरु ?

    संविधान संशोधन असफल पार्नका लागि भारतले जसपा र कांग्रेसका नेताहरुसँग भेटघाटलाई तीव्र पारेको छ । जेठ ६ मा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नै राष्ट्रिय चिह्नमा अंकित सत्यमेव जयतेलाई बिर्र्सेर सिंहमेव जयतेको ब्यवहार देखाएको टिप्पणी गरेको भोलिपल्ट बुधबार सरिता गिरी भारतीय दूताबासमा पुगेकी थिइन् । मन्त्री भइसकेकी र सांसदको तलव सुविधा नेपालको करबाट लिएर लिम्पियाधुरा नेपालको भूभाग नभएको भनेर बोल्दैआएकी छन् । सो दिन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि बोलाइएका थिए । उनीसँग पनि राजदूताबासले संविधान संशोधन असफल बनाउनेबारे छलफल गरेको थियो ।

    Mahedra_Ray_Yadav.jpg

    महेन्द्र राय यादव, विमलेन्द्र निधि, अमरेशकुमार सिंह र सरिता गिरी

    शुक्रबार जसपाका नेता महेन्द्र राय यादव र नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई भेटेका थिए । मधेशवादीले अघिल्लो संसदमा दर्ता गरेको संविधान संशोधनका पक्षमा नेकपा नआउने भएकाले दूताबास जसरी पनि प्याकेजमा गर्नुपर्ने पक्षमा नेपाली कांग्रेसलाई ल्याउन सक्रिय रुपमा लागेको छ ।

    लिम्पियाधुरा, लिपुलेकमा भारतको झेल

    लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्ने ऐतिहासिक प्रमाण हुँदाहुँदै भारतले जबर्जस्ती हडपेर मानसरोबर जाने सडक निर्माण गरी उदघाटन गर्यो । भारतले उक्त विवादित भूमिमा एकतर्फी नक्सा जारी गर्नेदेखि सडक निर्माण गरी कोरोना महामारीका बीचमा उदघाटनसम्म गरेपछि नेपाल दबाबमा पर्यो । र, नेपाल सरकारले पनि लिम्पियाधुरासम्मको भूमिको नक्सा जारी गरेको छ ।

    नेपालले पटक पटक विवादित भूमिका बारेमा वार्ता गर्न राखेको प्रस्ताव ठकुराउँदै कहिले विदेश सचिव नयाँ आएको त कहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको बहाना बनाउँदैआएको थियो । कोरोना महामारीका बीचमा उसले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक कालापानीमा सडक नै उदघाटन गर्यो । गएको कात्तिक १६ मा एकतर्फी नक्सा जारी गर्दा पनि भारतको बिरोध भयो । सरकारले त्यसमा पनि बिरोध गरेको थियो । तर सडक नै उदघाटनपछि नेपालले पनि नक्सा जारी गरेको हो । आफ्नो भूमिको नक्सा जारी गरेको बिषयमा भारतले एकतर्फी रुपमा गरेको भन्दै बिरोध गर्दैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार