काठमाडौं,१० जेठ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा हालसम्म सूचीकृत नभएका तीन ओटा लघुवित्त कम्पनीहरु मर्जरमा जाने भएका छन् ।
जीवन विकास लघुवित्त वित्तीय संस्थासँगै सल्भ लघुवित्त वित्तीय संस्था र गरीबी न्यूनिकरण लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका हुन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाम रहने गरी यी तीन कम्पनी एक आपसमा गाभिन लागेका छन्।।
मर्ज सम्बन्धी प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले यहि जेठ २५ गते विशेष सधारण सभा बोलाएको छ । मोरङमा केन्द्रिय कार्यालय रहेको जीवन विकास लघुवित्तल कम्पनीले शनिवार विशेष साधारण सभाका लागि सूचना प्रकाशित गर्दै सो कुराको जानकारी गराएको हो ।
मर्जर सम्बन्धि प्रस्तावहरु पारित गर्न कम्पनीले मोरङको कटहरीस्थित केन्द्रीय कार्यालयमा विहान १० : ३० बजे सभा बोलाएको हो ।जीवन विकास लघुवित्त रू. १४ करोड चुक्तापूँजी रहेको कम्पनी हो ।