काठमाडौं, ९ जेठ । कोरोना भाइरस संक्रमित केहीबेरअघि मात्र ९ जना थपिएका छन् । अहिलेको ९ जनासमेत जोड्दा आजमात्रै ६६ जनामा संक्रमण पुष्टी भएको छ ।
योसमेत जोड्दा नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । संक्रमितहरुमा बाराको सिम्रौनगढ नगरपालिकाका ६ जना छन् । भक्तपुरका १, हेटौंडाका १ र सप्तरीका १ जना छन् ।
जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको पीसीआर रिपोर्टमा हेटौडा ३ की ५४ बर्षीया महिला, भक्तपुर ९ की ४२ बर्षीया महिला छन् । त्यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी बलान बिहुल गाउँपालिकाका ३५ बर्षीय पुृरुष छन् ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा सीम्रौनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ बर्षका पुरुष छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।