डा.बाबुराम भट्टराई, विमलेन्द्र निधि, सरिता गिरी, डा. सुन्दरमणि दीक्षित र खगेन्द्र संग्रौला
काठमाडौं, ९ जेठ । डा. बाबुराम भट्टराई नेपालको अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भइसकेका ब्यक्ति । उनको बिद्धताको उपयोग देशमा हुनुपर्छ भन्ने ठूलो पंक्ति देशमा छ । तर भारतले नेपालको भूभाग मिचेर सडक बनाएपछि नेपाले त्यो भूभाग आफ्नो हो भन्दै नक्सा सार्वजनिक गरेपछि भारतका नेता, शासक र पत्रकारलाई भन्दा बढी डा. भट्टराईलाई पीडा भएको उनका अभिब्यक्तिहरुले नै पुष्टी गरिरहेका छन् ।
डा. भट्टराईले लिम्पीयाधुरासहितको नक्सा सार्वजनिक गरेर प्रधानमन्त्री ओलीले भारतलाई चिढ्याएको, भारतको बेइज्जेत गरेको, कुटनीतिक शैली अपनाउन नसकेको अभिब्यक्ति दिएर आफ्नो भारतभक्ति छरपष्ट बनाएका छन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको र ती भूभाग फिर्ता ल्याउने प्रतिबद्धता गरेपछि पनि उनलाई सबैभन्दा बढी छटपटी भएको देखियो । उनले मंगलबारै प्रधानमन्त्री ओलीबिरुद्ध ट्वीटरमा अति नै अशिष्ट टिप्पणी गर्दै लेखे–‘प्रम केपी शर्मा ओलीको ३ घण्टाको स्पष्टीकरण सुन्दा उहाँमा आफ्ना कमीकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन । कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो ।’
संसदमा प्रधानमन्त्रीले भारतले आफ्नो राष्ट्रिय चिह्नमा ‘सत्यमेव जयते’ उल्लेख गरे पनि ब्यवहारमा ‘सिंहमेव जयते’ को ब्यवहार देखाएको टिप्पणी गरेकोमा पनि बाबुरामलाई खपिनसक्नु चित्त दुखेको रहेछ । आफ्नो भूमिमाथि सडक बनाएर नेपाल आमामाथि बलात्कार गर्दा पनि बलात्कारीबिरुद्ध बोल्नु नहुने भन्ने बाबुराम भट्टराई कहाँबाट संचालित छन् ? उनका पछिल्ला अभिब्यक्तिले नै देखाइरहेका छन् ।
बिहीबार उनले नक्सा सार्वजनिक गरेर सरकारले भारतलाई चिढ्याउने काम गरेको भनी आफ्नो भारतभक्ति सार्वजनिक गरेपछि सामाजिक संजालमा उनको चर्को आलोचना भइरहेको छ ।
सरकारले भारतको हेपाहा र पेलाहा नीतिबिरुद्ध लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि छटपटी हुने अर्का पात्र हुन्, नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधि । नेपाली कांग्रेस भारतीय हेपाहा नीति बिरुद्ध प्रधानमन्त्री ओलीकै पक्षमा भए पनि उपसभापति निधिले नक्सा सार्वजनिक गर्ने कार्यको नीति अनुसन्धान विभागबाट त्यसको बिरोध गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादका नाममा नाटक मञ्चन गरेको निधिले आरोप लगाएका छन् । आफ्नो देशको नक्सा सार्वजनिक गर्नु उनका लागि नाटक मन्चन भएको छ । कांग्रेसमा उपसभापति निधि नै भारतभक्तिमा लिप्त देखिएका छन् । तर त्यसमा पार्टीले उनलाई कुनै एक्सन लिएको छैन ।
जेठ ६ र ७ गते बसेको प्रतिष्ठानको पूर्ण बैठकपछि जारी विज्ञप्तिअनुसार निधिले ओली नेतृत्वको सरकारले अनेक नाटक देखाएको बताएका हुन् ।
नेपालको सांसददेखि मन्त्री भइसकेकी सरिता गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा राख्नका लागि भारतसँग सोध्नुपर्ने अभिब्यक्ति दिएर आफ्नो माइती देशको दलाली गरेकी छन् । ऐतिहासिक प्रमाणले लिम्पियाधुरा, कालापानी नेपालकै भएको अवस्थामा भारतलाई सोध्ने कुतर्क गर्ने गिरी मन्त्री समेत भइसकेकी हुन् ।
भारतमा ३०–३५ बर्षअघि राजीव गान्धीसँग विवाह गरेकी सोनिया गान्धीलाई विदेशी भनेर अहिलेसम्म राजकीय पदमा अवसर दिनबाट बन्चित गरिएको छ । तर भारतमा जन्मेर नेपालीसँग विवाह गर्नासाथ सरिता गिरीहरु सांसद र मन्त्री हुन पाएका छन् । तर पनि आफू जुन देशको सांसद र मन्त्री भए त्यही देशको बिरुद्ध भारतको दलाली गर्ने छुट उनले पाएकी छन् । गिरीले एसडी मुनी र भारतीय मिडियाको भन्दा बढी भारतको दलाली गर्न पुगेकी छन् ।
त्यस्तै, डा. सुन्दरमणि दीक्षित, गालीशिरोमणि खगेन्द्र संग्रौलालाई पनि सरकारले नक्सा सार्वजनिक गरेपछि छटपटी भएको छ । उनीहरुले पनि भारतभक्ति गाउँदै सामाजिक संजालमा आफ्नै देशबिरुद्ध लेख्न भ्याएका छन् । दीक्षितले त नक्सा सार्वजनिक गर्नै नहुने अभिब्यक्ति दिएका छन् ।
त्यसैगरी, नेपालको करबाट पालिएका २ नम्बर प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले पनि सरकारले चीन र भारतसँग सोधेर नक्सा सार्वजनिक गर्नुपर्नेमा गल्ती गरेकाले नेपाली कांग्रेसले सबै प्रतिपक्षीसँग संवाद गरी सरकारबिरुद्ध लाग्नुपर्ने कुरा सामाजिक संजालमा उल्लेख गरेका छन् ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend