काठमाडौं, ९ जेठ । कोरोना संक्रमित ३० जना थपिएका छन् । आज बिहानमात्रै ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको पीसीआर परीक्षण अनुसार ३० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन् ।
कोरोना संक्रमण पुष्टी भएकाहरुमा नवलपरासी(बर्दघाट सुस्तापूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ बर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केशरबाघ निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिला छन् ।
नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ का ३३ र ३५ बर्षीय पुरुष र १५ बर्षीया महिलामा संक्रमण पुष्टी भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ बर्षीय पुरुष र ८ बर्षीया बालिकामा संक्रमण पुष्टी भएको छ ।
सर्लाही गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८ र ३९ बर्षीय पुरुषहरु र १८ बर्षीय बर्षीया महिला छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।