काठमाडौं, ९ जेठ । विश्वब्यापी कोरोना भाइरस संक्रमणका कारण विश्वभरका नेपाली नेपालमा फर्कन चाहिरहेका छन् । रोजगारीमा खाडी मुलुकमा गएका नेपालीहरु ती देशमा कोरोना संक्रमण फैलिएकाले बिचल्लीमा परेका छन् । र, उनीहरु नेपाल फर्किन हारगुहार गरिरहेका छन् । भारतबाट हजारौंको संख्यामा नेपाल फर्किने प्रतिक्षामा छन् । भारतबाट फर्किनेहरुका कारण कोरोना संक्रमण बढिरहेको छ । तर पनि आफ्नो देश फर्किन चाहनेहरुलाई ल्याउनुपर्ने आवाज उठेपछि आज मन्त्रिपरिषदको बैठक बसी विदेशका नेपालीलाई कसरी ल्याउने, तिनीहरुलाई कसरी क्वारेन्टिन गर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या र भारतलगायतका विभिन्न देशबाट फर्किएकाहरुको परक्षिण, व्यवस्थापनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेपालमा कोरोनाबाट तीन जनाको ज्यान गइसकेको र संक्रमितको संख्या बढिरहेको छ ।
केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।
त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने उनले बताएका छन् । भारतले विस्तारै लकडाउन खुकुलो बनाउँदै लगेको छ । राजधानी दिल्लीमा त बजार नै खुल्न थालेका छन् । रेलसेवा सुचारु गरिसकेको छ ।
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend