Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषदको बैठकमा विदेशमा रहेकालाई फर्काउने र लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुँदै


    शुक्रबार, जेष्ठ ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ९ जेठ । विश्वब्यापी कोरोना भाइरस संक्रमणका कारण विश्वभरका नेपाली नेपालमा फर्कन चाहिरहेका छन् । रोजगारीमा खाडी मुलुकमा गएका नेपालीहरु ती देशमा कोरोना संक्रमण फैलिएकाले बिचल्लीमा परेका छन् । र, उनीहरु नेपाल फर्किन हारगुहार गरिरहेका छन् । भारतबाट हजारौंको संख्यामा नेपाल फर्किने प्रतिक्षामा छन् । भारतबाट फर्किनेहरुका कारण कोरोना संक्रमण बढिरहेको छ । तर पनि आफ्नो देश फर्किन चाहनेहरुलाई ल्याउनुपर्ने आवाज उठेपछि आज मन्त्रिपरिषदको बैठक बसी विदेशका नेपालीलाई कसरी ल्याउने, तिनीहरुलाई कसरी क्वारेन्टिन गर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या र भारतलगायतका विभिन्न देशबाट फर्किएकाहरुको परक्षिण, व्यवस्थापनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
    नेपालमा कोरोनाबाट तीन जनाको ज्यान गइसकेको र संक्रमितको संख्या बढिरहेको छ ।

    केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

    त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने उनले बताएका छन् । भारतले विस्तारै लकडाउन खुकुलो बनाउँदै लगेको छ । राजधानी दिल्लीमा त बजार नै खुल्न थालेका छन् । रेलसेवा सुचारु गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार