Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • चीनबाट ८ कन्टेनर स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो


    बिहिबार, जेष्ठ ८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ, ८ जेठ । चीनसँग नेपाली सेनाले खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको छ ।

    यसअघि नेपाली सेनाले स्थलमार्गबाट ८ टन औषधि र वाइडवडीबाट करिब १९ टन स्वास्थ्य सामाग्री समेत ल्याइसकेको छ ।अहिलेसम्म सेनाले झण्डै ३५ टन औषधि ल्याएको छ ।

    यसैगरी थप १२ वटा कन्टेनर तातोपानी नाकाको चिनियाँ क्षेत्रमा आइसकेको प्रवक्ता पाण्डेले बताए । सेनाले ३ सय ४१ टन स्वास्थ्य सामाग्री खरिदका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको थियो ।

    सेनाले ती स्वास्थ्य सामाग्रीका लागि १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ ।

    चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले जीटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार