काठमाडौं, ८ जेठ । लकडाउनले कोरोना महामारी नरोकिएपछि भारतले आन्तरिक उडान संचालन गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा लकडाउन खुकुलो पारिएको छ । बजार खुल्न थालिसकेका छन् । तर नेपालले अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले जेठ १८ गतेसम्म बन्द गरिएको हवाई उडान र सीमा नाकालाई जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् । सरकारले लकाउन जेठ २० सम्म लम्ब्याउने निर्णय गरेको छ । तर यसअघि लकडाउन घोषणा भएपछि खुकुलो भएको मौकामा तराईका जिल्लाबाट तरकारी, दुध बोकेका गाडीमा भित्रिएकाहरुले कोरोना संक्रमण काठमाडौंमा फैलाइसकेका छन् ।