काठमाडौं, ७ जेठ । लकडाउनको समयमा पत्रकारको नक्कली कार्ड बोकेर चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आश्रय रिजाल भन्ने मिहाल रसाईली र अलि आलम मियालाई प्रहरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले ३ जेठमा सिनामंगलस्थित होस्टलमा ल्यापटप, आइप्याड चोरी गरेका हुन् ।सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरी उनीहरुलाई मंगलबार गौशलाबाट पक्राउ गरेको हो । उनीहरुसँग एपिवान टेलिभिजनको नक्कली प्रेसकार्ड भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरु साथबाट चोरीएको ल्यापटप र उनीहरुको मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरु धारिलो हतियार समेत बोकेर हिडेका थिए ।
