Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोकर्णेश्वर ७२ घन्टा शिल, संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण सुरु


    बुधबार, जेष्ठ ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ७ जेठ । काठमाडौं उपत्यकाका कोरोना संक्रमित थपिने क्रम जारी छ । गोकर्णेश्वर नगरपालिकामा भेटिएका कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको छ ।

    गोकर्णेश्वर नगरपालिका वडा नं. ४ को विपद ब्यवस्थापन समितिको बैठकले संक्रमित भेटिएको क्षेत्र ७२ घन्टा सिल गर्ने निर्णय गरी कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको छ ।

    समितिको बुधबार बसेको बैठकले संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुको परीक्षण गर्ने तथा सो क्षेत्रमा मेडिकल बाहेक सम्पूर्ण ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

    त्यस्तै सो बैठकले पास बिनाका सवारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने निर्णय गर्दै उच्च सावधानी अपनाउन अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार