Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाममात्रका क्वारेन्टाइन निर्माणमा स्थानीय तहको करोडौं भ्रष्टाचारः कसले छानबिन गर्ने ?


    बुधबार, जेष्ठ ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं, ७ जेठ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि बाहिरबाट आएकालाई राख्न क्वारेन्टाइन निर्माणका क्रममा भएको अनियमितताबारे अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन् । तर गाउँका विद्यालय र कलेजमा विनापूर्वाधारका क्वारेन्टाइन निर्माणमा नगरपालिका र गाउँपालिकाका प्रमुख र अध्यक्षसमेतको मिलेमतोमा ठूलो भ्रष्टाचार भएको बिषय ओझेलमा परेको छ ।

    क्वारेन्टाइनस्थल निर्माणमा कमसल सामग्री प्रयोग गरेको, खरिद गरिएका सामग्री कर्मचारीले निजी कामका लागि उपयोग गरेको, थोरै रकम खर्च गरी बढी रकमको बिल बनाएको जस्ता घटनाहरू सार्वजनिक भइरहेका छन् । 

    स्थानीय तहले बनाएका ती क्वारेन्टाइनहरूमा सुत्नेसँगै खानेपानी, शौचालयजस्ता आधारभूत सुविधासमेत छैनन् । यसले गर्दा त्यहाँ गएकाहरू बिरामी हुने र ज्यानै गुमाउने अवस्थामा पुग्न थालेका छन् । यस्ता आधारभूत आवश्यकताका कुनै कुरा नभएका गाईगोठ जस्ता क्वारेन्टाइनमा मच्छडको टोकाइ सहन गर्न नसकी कपिलवस्तुको यशोधरा गाउँपालिकामा ११ जना भाग्न बाध्य भएका छन् ।

    सोमबार यशोधरा गाउँपालिकामा बनाइएको क्वारेन्टाइनबाट ११ जना भागेका हुन् । यशोधरा मात्र होइन, अधिकांश स्थानीय तहका क्वारेन्टाइनको अवस्था गाईगोठ जस्तै छ । त्यहाँ बस्दा खानेबस्नेदेखि शौचालय र पानीको प्रबन्ध नभएको र मच्छडको टोकाइबाट कोरोना त्रासका बीचमा डेंगुको खतरा देखिएपछि कपिलवस्तुमा क्वारेन्टाइनमा बसेकाहरु भागेका छन् । बर्दियाको गुलरिया नगरपालिका १० को राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट पनि ८ भारतीय एक साता अघि भागेका थिए ।

    यी दुई प्रतिनिधि उदाहरण हुन्, नाममात्रका क्वारेन्टाइन बनाएर त्यसमा राख्न थालिएपछि कोरोना आशंकितहरु भाग्न थालेका हुन् ।
    बाँकेको नरैनापुर–५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेका स्थानीय युवकको गत आइतबार कोरोना संक्रमणबाट मृत्यु भएको थियो । तराईका जिल्लाहरुमा त झन् स्थानीय तहले नाममात्रका क्वारेन्टाइन बनाउँदै करोडौं रुपैयाँको बिल पेश गरी भ्रष्टाचार गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार