काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सीमा मिचेको लिम्पियाधुरा, कालापानीलगायतका सबै भूमि कुटनीति रुपमा फिर्ता लिएरै छाड्ने बताएका छन् ।
प्रतिनिधिसभाको वैठकमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री ओलीले भने, ‘१९६२ मा भारतीय सेना कालापानीमा बसेपछि, त्यस बेलाका शासकहरुले सहे ।’ उनले थपे ‘अब यो ओझेल पर्ने छैन, सेलाउन दिइने छैन । निष्कर्ष निकालिने छ । अतिक्रमण गरिएको जमिन फिर्ता लिइने छ ।’
उनले लिम्पियाधुरा नेपालको भूभाग हो भएको र २०१८ सालसम्म तिरो उठाउने गरिएको बताउँदै भने, ‘कालापानीमा भारतीय सेना बसेपछि मात्रै लिम्पियाधुरा जान नसकिएको हो ।’उनले भने, ‘नयाँ नक्सा पारित भएको छ । अब कुटनैतिक माध्यमबाट नेपालको भूमि फिर्ता लिइन्छ ।’ उनले नेपालको नयाँ नक्सा पारित गरेर कुनै तमासा नगरिएको र मिचिएको भूमि फिर्ता ल्याउनुलाई गरिएको हो बताउँदै आजभोलि नै नयाँ नक्सा सार्वजनिक हुने समेत दावी गरे ।
उनले भने, ‘विधानको अनुसूची तीन संशोधन गरिने छ । त्यहाँ नेपालको नयाँ नक्सा राखिने छ ।’ त्यसकालागि नेपालको नयाँ नक्सासम्बन्धी संविधानको अनुसूचि संशोधन प्रस्ताव पेश हुने प्रधानमन्त्री ओलीले बताएका छन् ।उनले नयाँ नक्सासहितको संविधान संशोधन भएको दिन देशमा दिपावली हुने समेत बताए । उनले विगतका शासकहरुले भारतले हडपेको जमिनका बारेमा मौनता साँधेको भए पनि वर्तमान सरकारले सही कदम उठाएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘कोही रिसाउँछ भनेर होइन र हामीले अर्घेल्याई गरेका छैनौ । कुटनीतिक माध्यमबाट ठोस पहल गरिने छ । यही अठोटका साथ हामीले नीति कार्यक्रममा उल्लेख गरेका थियौं सम्बोधनमा आएको थियो । हामीले त्यो पुरा गर्यौ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend