काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन गरेको ५५ दिनमा सरकारले कोरोना महामारी नियन्त्रण र रोकथाममा केही काम नगरेको आरोप लगाएका छन । आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै देउवाले भने, ‘खोई सरकारले कोरोना रोकथामको लागि गरेको काम ?’
सरकारले चैत ११ गतेदेखि लकडाउन सुरू गरेको थियो। पटकपटक थपिएको लकडाउनको अवधि भोलि सकिँदैछ।नेपालमा कोरोनाबाट अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने दुई सय ९१ जनामा कोरोना पुष्टि भएको छ।यसबीचमा सरकारले पिसिआर प्रविधिबाट परीक्षणको दायरा वृद्धि गर्न नसकेको देउवाको भनाइ छ।‘हिजोसम्म २६ हजारमा पिसिआर प्रविधिबाट परीक्षण गरिएको सरकारी तथ्यांकले नै देखाउँछ,’ उनले भने, ‘कोरोना परीक्षणको दायरा बढाउनुपर्यो।’
सरकारले अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न नसकेको पनि देउवाले आरोप लगाए।अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मीलगायत नै जोखिममा पर्नु दुस्खद भएको उनले बताए।‘महामारी नियन्त्रण गर्न सरकार चुकेको छ,’ उनले भने, ‘पहिलो संक्रमित व्यक्ति भेटिएको चार महिना हुन लाग्यो तैपनि तयारी केही गरेन।’ उनले स्वास्थ्य सामग्रीको उपलब्धताको प्रत्याभूति गर्न पनि सरकारसँग माग गरेका छन्।
‘अस्पतालहरूमा भेन्टिलेटरको व्यवस्था नहुनु दुस्खद छ,’ उनले भने, ‘सरकारले राहतको प्याकेज पनि ल्याउन सकेन।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend