काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् ।
सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली संस्कृतिमाथि हमला भइरहेको टिप्पणी गरेका हुन् । उनले साना देखिने सांस्कृतिक गतिविधिभित्र पनि ठूलो सामाजिक र सांस्कृतिक महत्त्व लुकेको हुने बताए।
समाज निर्माणमा संस्कृति, चाडपर्व, परम्परा, नीति, नियम, वाद्यवादन, नृत्य, सङ्गीत र खानपानको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ । ओलीले मानिसलाई अन्य प्राणीभन्दा पृथक् बनाउने आधार नै सामाजिक जीवन र त्यसले निर्माण गरेका मूल्य, मान्यता तथा परम्परा भएको उल्लेख गरे । समाजले आफ्नो आवश्यकता र जीवनशैलीअनुसार विभिन्न चाडपर्व, परिकार, गीत तथा नृत्यको विकास गरेको उनले बताए । खेतीपाती शुरु गर्ने र बाली भित्र्याउने समयदेखि जन्म, विवाह र मृत्युका अवसरसम्म समाजले फरकफरक परम्परा र संस्कार विकास गरेको उनको भनाइ छ ।
उनले भने, ‘आज हाम्रो संस्कृति कमजोर हुँदै गएको अवस्थामा हामी सबै नेपाली सचेत र सजग हुन आवश्यक छ । साना देखिने सांस्कृतिक परम्पराभित्र पनि गहिरो अर्थ र महत्त्व लुकेको हुन्छ । मानिस सामाजिक प्राणी भएकाले उसले समाजलाई व्यवस्थित र समृद्ध बनाउन नीति, नियम, ऋतिरिवाज, चाडपर्व, वाद्यवादन, नृत्य, सङ्गीत र विभिन्न परिकारहरूको विकास गरेको हो । हाम्रा चाडपर्वहरू प्रकृति, कृषि, जन्म, विवाह, मृत्यु, सुख र दुःखसँग जोडिएका छन्। यी परम्पराले आपसी सद्भाव, एकता र सहकार्यलाई बलियो बनाउँदै हाम्रो समाज, संस्कृति र सभ्यताको पहिचान निर्माण गरेका छन् । त्यसैले आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै तिनलाई उल्लास र उत्साहका साथ निरन्तरता दिनु हामी सबैको दायित्व हो ।’
यस्ता सांस्कृतिक परम्पराले समाजलाई सुखदु:खमा एकतावद्ध बनाउने भन्दै ओलीले तिनको संरक्षण र निरन्तरता आवश्यक रहेको बताए। नेपालीहरूले आफ्ना चाडपर्व र संस्कृतिलाई उल्लास तथा उत्साहका साथ मनाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौँ । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । दैलेखमा बिरामी बोकेको जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend